६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसद विघटनविरुद्ध रिट : संवैधानिक इजलाशमा सुनुवाई हुँदै


१० पुस २०७७, शुक्रबार  

0
Shares


१० पुस ०७७, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको आज संवैधानिक इजलाशमा सुनुवाई हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एक इजलाशमा यसअघि बुधबार १२ वटा रिटको प्रारम्भिक सुनुवाईपछि सबै रिटको संवैधानिक इजलाशमा सुनुवाई गर्ने आदेश भएको थियो ।
प्रधानन्यायाधीश जबराको एकल इजलाशले अन्तरिम आदेश नदिइ बुधबार सुनुवाई भएका १२ सहित थप एक रिटको एक साथ संवैधानिक इजलाशमा सुनुवाई गर्ने निर्णय गरेको थियो । शुक्रबार १३ रिटमाथि संवैधानिक इजलाशमा सुनुवाई हुनेछ ।

यसअघि गएको बुधबार रिट निवेदकका तर्फबाट कृष्णप्रसाद भण्डारी, रिट निवेदक चार सांसदको तर्फबाट अधिवक्ता गोविन्द बन्दी, शम्भू थापा, हरिहर दाहाल, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, कञ्चन कृष्ण न्यौपानेसहितले बहस गरेका थिए ।

वकिलहरुले मुद्दाको सुनुवाईका लागि बृहत इजलास गठन गर्न माग गरे पनि प्रधानन्यायाधीशले अस्वीकार गरेर संवैधानिक इजलाशमा पठाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको आइतबार प्रतिनिधिसभा भंग गरेकी थिइन् । त्यसपछि विघटनको विरुद्धमा सर्वोच्चमा रिट परेका हुन् ।

यसैबीच प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा आज वृहत प्रदर्शन गर्दैछ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ९ : ३४ बजे