६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता


१२ पुस २०७७, आइतबार  

0
Shares

तस्बिरः मुख्यमन्त्री शेरधन राईको फेसबुकबाट

१२ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको छ ।

आइतबार बिहान प्रचण्ड–नेपाल समूहका संसदहरुले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो । उक्त पक्षले मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेको छ।
आचार्य प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य हुन्। सभामुखबाहेक प्रदेशसभामा नेकपाका ६६ सांसद छन्। तीमध्ये प्रचण्ड–नेपाल पक्षका ३७ सांसदले ३७ जनाको हस्ताक्षर संसदीय दलका उपनेतालाई बुझाएका हुन्।

यसअघि आजै बिहान प्रचण्ड–नेपाल पक्षका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका छन् ।

 

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  १२ : ०२ बजे