८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


तमु ल्होसार शुभकामना गीत सार्वजनिक(भिडियोसहित)


१२ पुस २०७७, आइतबार  

0
Shares


१२ पुस, ०७७ काठमाडौं । गुरुङ समुदायको महान पर्व तमु ल्होसारका अवसरमा ‘यान खो ङोल्स्यो’ बोलको शुभकामना गीत सार्वजनिक भएको छ । पुस १५ अर्थात् ल्होसारको खुशियाली आदानप्रदान गर्ने उक्त गीतमा गायक तथा सङ्गीतकार पवन राना, तारा श्रीस र शिशिर गुरुङको स्वर रहेको छ ।

गीतको भिडियो गायक पवन राना युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गुरुङ चलचित्रका चर्चित नायक आनन्द गुरुङ र आधा दर्जन बढी भिडियोमा अभिनय गरिसकेकी मोडल कुसुम गुरुङको सशक्त अभिनय रहेको भिडियोमा गुरुङ संस्कृतिका विभिन्न संस्कार देखाइएको छ ।

पर्यटकीयस्थल गोर्खाको सिरानचोकमा छायाङ्कन गरिएको उक्त गितको निर्देशन दीप कोके गुरुङको छभने छायाङ्कन मधुर बस्नेतको रहेको छ । हाल जापानमा रहेका मनराज गुरुङको शब्द सङ्गीत रहेको गीतको सङ्गीत संयोजन विलन थापाले गरेका छन् । स्थायी डिजिटलमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ मास्टरिङ कुमार थापाले गरेका छन् ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  २ : ४२ बजे