८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


कुसुन्तीमा ढाका बुन्ने तालिम, महिलामा उत्साह


२० पुस २०७७, सोमबार  

0
Shares


ललितपुर खबर
२० पुस ०७७, कुसुन्ती । टोपी होस् या ढाकाको चोली, वा ढाई, कुर्थी, दौरा सुरुवाल । आजकल महिला पुरुषहरु ढलक्क ढल्केर हिडेको देख्न सकिन्छ ।
ढाकाको कपडा अहिले देशभर बिक्न थालेको छ । केही बर्षअघिसम्म यो ढाकाको कपडा विदेशमा बस्ने नेपालीहरुले मात्रै प्रयोग गर्थे । नेपाललाई मायाँ गर्ने नेपालीहरुले ढाकाको कपडामा आफ्नोपन भेट्ने भएकाले यो कपडाको छुट्टै आर्कषण थियो ।
तर पछिल्लो समय नेपालमा बस्ने नेपालीहरुले टाई, दौरा सुरुवाल, खादा, कोट वान पिस, साडी, कुर्थाको ज्यादै प्रयोग गर्दै आइरहेका छन् ।
नामले पाल्पाली ढाकाको प्रचार भए पनि आजकल ढाकाको कपडा देशभर बुनिन्छ । यस्तै ढाकाको कपडा बुन्ने तालिम डेढ महिलादेखि कुसुन्तीमा पनि चलिरहेको छ ।
प्रदेश सासंद मैना अछामीको सासंद कोषको बजेटबाट सुरु भएको यो तालिम दिन १५ जना महिलाहरु सहभागी छन् ।
तालिम अनु हण्डि क्राफ्टकी संचालककृष्ण कुमारी पौडेलले दिइरहेकी छिन् । तालिम लिइसकेपछि महिलाहरुलाई यसै वडामा उद्योग खोलेर रोजगारी दिने योजना रहेका छ ।


ललितपुर महानगरकी कार्यपालिका सदस्य संगिता अक्षामी ढाकाको तालिमले शहरी क्षेत्रमा कम आय भएका महिलाहरुका लागि बरदान सावित हुने बताउछिन् । भन्छिन्, ‘काम नभएर दिनभर कोठामा बसेर श्रीमान्सँग गुनासो गर्ने महिलाहरु सक्षम बन्न यो तालिमले सहयोग गर्छ ।’
तालिम वागमती प्रदेशभर बसोबास गरिहेका महिलाले सहभागितामा सञ्चालित छ ।
जनप्रतिनिधि भएको कारण महिलाहरुलाई रोजगारी दिन ललितपुर १४ मा प्रस्ताव परेपनि कार्यान्वयन नभएको अछामीले अनुभव सुनाइन् । भनिन्, ‘त्यसैले सासंद विकाश कोषमार्फत यो योजना कायान्वयन भएको छ ।’ ललितपुरकी प्रदेश सासंद मैना अछामीले प्रदेशको १ करोड सासंद कोषबाट तालिमका लागि बजेट १० लाख विनियोजन गरेको बताइन् । उनले भनिन्, ‘तालिमपछि प्रशिक्षार्थीहरुलाई उद्यममा लगाउने योजना छ ।’
सिलाई काम गर्ने गोपिनी कार्की ढाकाको व्यावसाय गर्ने रहरले तालिम लिन आएको बताउछिन्। भन्छिन्, ‘सिक्न रमाइलो लागेको छ । ढाका बुन्न र सिलाउन जान्ने भए थप आम्दानी हुने देखेर सिक्न थालेकी हुँ ।’


प्रशिक्षक पौडेलका अनुसार यो तालिम केन्द्रमा ढाकाको कपडा बुन्न आउने प्रशिक्षार्थीहरुमा बेग्लै उत्साह छ । ढाकाको कपडा सिक्न आउने प्रशिक्षार्थीहरु एकदमै उत्साहित भएको उनको अनुभव छ । भन्छिन्, ‘यहाँ समय सकेपछि पनि लामो समयसम्म सिकेर बस्ने प्रशिक्षार्थीहरु छन् । मलाई साह्रै खुशी लाग्छ ।’
प्रशिक्षक कृष्णकुमारी कँडेलको अनुभवमा ढाकको कपडाको भविश्य एकदमै सुन्दर रहेको छ ।
उनका अनुसार कोरोना माहामारीअघिसम्म अर्डर दिन नै भ्याउन मुस्किल पर्ने गर्दथ्यो । यस क्षेत्रमा उत्पादन गर्ने महिलाहरु अहिलेसम्म कम छन् । काम गर्न गाह्रो भएकाले जागरिला मानछे भेट्याउन मुस्किल छ ।
कोरोनाको समयमा समेत यो व्यावसाय गर्नेहरुले घाटा व्यहोर्नु परेको थिएन । साडी र कुर्थी कोरोना माहामारीमा समेत धेरै चलेको कपडा हो ।
सरकारी कर्मचारी, अस्पतालका कर्मचारीले समेत ढाकाको पहिरन लगाउन थालेदेखि बजारमा कपडा राम्रो विक्न थालेको हो ।
व्यावसायिक रुपैयाँ ढाकाको कपडा सिक्नु छ भने यस तालिम केन्द्रले १५ हजारमा सिकाउने कँडेल बताउछन् । उनी भन्छिन् , अरु ठाँउमा सिक्ने हो भने ३० हजार भन्दा कममा सर्टिफिकेट नै पाइदैन । उनका अनुसार यो शुल्क नजान्ने बेलासम्मको लागि हो ।
राम्रोसँग काम गर्नेले १५ हजारदेखि ३० हजारसम्म कमाउन सकिने उनी बताउछिन् । भन्छिन्, ‘आफैले लगानी गर्ने हो भने ज्यादा पैसा कमाउन सकिन्छ । उनीसँग सिकेर धेरै महिलाहरु व्यावसायी बनेको उनले आफ्नो अनुभव सुनाइन् । भनिन्,‘कतिपय दिदीबहिनीहरु ठूला व्यावसायी भइसके ।’
देशभरका ढाका कपडाको तालिम दिने कतिपयले अवार्ड नै लिएको उनी बताउछिन् । तालिम लिएर पनि काम नगर्नेहरु पनि उत्तिकै रहेको उनको तितो भनुभव छ । भनिन्, ‘यस्तो देख्दा साह्रै दुःख लाग्छ ।’
घर परिवारको आर्थिक भार महिलाले थोरै बोकिदिने हो भने समाज परिवर्तनका लागि सहयोग पुग्ने उनको धारणा छ । उनी तालिम लिएर घर फर्कने बेला प्रमाणपत्र थमाउदै यस्तै प्रेरणादायी धारणा राखेर महिलाहरुलाई उत्साहित बनाउछिन् ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १ : ०८ बजे