८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


उपत्यकामा १८५ सहित नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण(ग्राफमा हेर्नुहोस् कहाँ, कति संक्रमित ? )


२० पुस २०७७, सोमबार  

0
Shares

२० पुस, ०७७ ललितपुर । काठमाडौं उपत्यकामा १८५ सहित नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ।

सोमबार ५९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ।

देशभर ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८५ पुगेको छ।

सोमबार काठमाडौँ उपत्यकामा थप १८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर २०९ जना कोरोना संक्रमितको आईसीयुमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

हेर्नुहोस् कहाँ, कति संक्रमित

 

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ६ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।