१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वायु प्रदूषणको मात्रा उच्च तहमा, घर बाहिर ननिस्कन सरकारको आग्रह


२१ पुस २०७७, मंगलबार  

0
Shares

चापागाँउबाट देखिएको राजधानी र वायु प्रधुषणको कण । फाइल तस्विर ः ललितपुर खबर

२१ पुस, ०७७ ललितपुर । सरकारले काठमाडौं उपत्यकासहित विभिन्न सहरमा वायु प्रदूषण घातक तहमा पुगेको भन्दै सकभर घरबाहिर ननिस्कन आग्रह गरेको छ । वातावरण विभागले मंगलबार एक सूचना निकालेर बालबालिका वृद्धवृद्धा, दम, खोकी, श्वासप्रश्वासलगायतका समस्या भएका व्यक्तिलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो । अरू व्यक्ति घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन विभागको सुझाव छ ।

काठमाडौं उपत्यकाबाहेक तराई क्षेत्रका शहरहरू जस्तै, नेपालगञ्ज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएकोले त्यहाँका नागरिकहरूलाई पनि विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । साथै फोहोर बाल्दा र आगो बाल्दासमेत वायु प्रदूषण झनै बढ्ने भएकाले यस्तो कार्य नगर्न पनि विभागले आह्वान गरेको छ ।

 

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ६ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।