७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


खोप खरिद प्रक्रिया पारदर्शी र वितरण समतामूलकः स्वास्थ्य मन्त्री(भिडियोसहित)


२७ पुस २०७७, सोमबार  

0
Shares

२७ पुस ०७७, काठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप खरिद प्रक्रिया पारदर्शी र वितरण समतामूलक हुने बताएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको १५ औं दिनमा स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले कोभ्याक्सबाट २० प्रतिशत सुनिश्चितता भएको बताए ।
खोप अभियान सफल बनाउने, प्रत्येक पालिकामा ५, १० र १५ शय्याका अस्पताल बनाउने र कर्मचारी समायोजनको काम पूरा गर्ने उनले बताए ।

भ्याक्सिन ल्याउन कानुनी रूपमा जटिलता निराकरण गरिएको र अर्थले मन्त्रालयले रकम सुनिश्चितता गरेको उनको भनाइ छ।
उनले कारोनाविरूद्धको खोपका लागि ५ हजार कर्मचारी र ५२ हजार स्वयंसेवक खटाइने जानकारी दिए। उनले खोपका लागि भारत, रुस र युइएसहितका देशहरुसँग छलफल गरिरहेको पनि बताए।
कोरोनाविरूद्धको खोप सुरुमा जोखिम वर्ग, ५५ वर्ष उमेर माथिका र दीर्घरोगीलाई लगाइने समेत स्वास्थ्य मन्त्रालयको तयारी छ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ४ : ५० बजे