७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पत्रकार महासंघको चुनाव, ४० जिल्लामा विपुल प्यानलको अग्रता(मत परिणामसहित)



२७ चैत ०७७, काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा ४० जिल्लामा विपुल पोखरेलको प्यानलले अग्रता लिएको छ । शुक्रबारसम्मको मतगणनामा पोखरेलको प्यानलले ४० जिल्लामा अग्रता लिएको हो ।
यी मध्ये धेरै जिल्लामा अध्यक्षसहितका उम्मेद्वार विजयी भइसकेका छन् । केन्द्रमा सबै सबै जिल्लाको जानकारी आइपुग्न बाँकी रहेको महासंघको निर्वाचन समितिले जनाएको छ ।

महासंघको निर्वाचन कार्यसमितिको विवरण अनुसार अध्यक्षमा पोखरेलको अग्रता झण्डै दोब्बर छ । अध्यक्षमा पोखरेलले २५ सय मत पाउँदा उनका प्रत्यासी निर्मला शर्माले १४ सय मत पाएकी छन् । यस्तै स्वतन्त्रमा गजेन्द्र बुढाथोकीले ११९ मत पाएका छन् ।

वरिष्ठ उपाध्यक्षमा विपुल प्यानलबाट रमेश बिष्टले २४ सय मत पाउँदा उनका प्रत्यासी माधव नेपालले १३ सय मत प्राप्त गरेका छ्न । यस्तै महासचिवमा विपुल प्यानलका उम्मेद्वार रोशन पुरीले २२ सय मत पाउँदा उनका प्रत्यासी बालकृष्ण बस्नेतले १४ सय मत पाएका छन् ।

दलित सचिवमा विपुल प्यानलका हेमकर्ण विश्वकर्माले २२ सय मत पाउँदा उनका प्रत्यासी मधु शाहीले १५ सय मत पाएकी छन् । कोषाध्यक्षमा विपुल प्यानलका उम्मेद्वार कलेन्द्र सेजुवालले २१ सय मत पाउँदा उनका प्रत्यासी कृष्ण गिरीले ११ सय मत पाएका छन् ।

यस्तै लेखा समिति संयोजकमा विपुल प्यानलबाट लेखनाथ न्यौपानेले दुई हजार मत पाउँदा उनका प्रत्यासी द्धारिका काफ्लेले ११ सय मत पाएका छन् । लेखा समितिका स्वतन्त्र उम्मेद्वार लक्ष्मण कार्कीले भने पाँच सय ५१ मत पाएका छन् ।

७७ वटै जिल्लामा बुधबार भएको चुनावको मतगणना जारी छ । शनिबारसम्म सबै जिल्लाको मतपरिणाम आउने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ३ : ५६ बजे