१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप दुई सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि




२७ चैत ०७७, काठमाडौं । नेपालमा थप दुई सय ८८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको हो । शुक्रबार थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७९ हजार तीन सय ८८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय २७ जना निको भएसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार सात सय ३५ पुगेको छ । अहिले नेपालमा २६ सय १५ जना सक्रिय सङ्क्रमित छन् ।
२४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ५ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।