७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस केन्द्रीय समिति बैठक बस्दै




६ वैशाख ०७८, काठमाडौं । नेपाली कांग्रेसले १४ महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न आइतबार बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेको भएपछि आज बस्ने भएको छ । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक शुरु हुनुअघि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच करिब दुई घण्टा छलफल भएको थियो ।
छलफलपछि तयारी नपुगको भन्दै आज सोमबार दिउँसो ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सञ्चारकर्मीलाई हिजो स्थगित भएको बैठक आज बस्ने जाकारी दिएका छन् । कांग्रेसको आगामी भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न बैठक डाकिएको जनाइएको छ ।
पार्टी संस्थापन पक्षले कार्यतालिका हेरफेर गर्न चाहे पनि अर्को पक्षले पुरानै कार्यतालिका अनुसार महाधिवेशनका कार्यक्रम अघि बढाउनुपर्ने अडान लिँदै आएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ७ : ३९ बजे