८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नृत्य निर्देशक संघ ललितपुरद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना



६ वैशाख ०७७, ललितपुर । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नृत्य तथा नाट्य कलाकारलाई नसमेटेकोमा वरिष्ठ कलाकार नारायणदेवी प्रधानले असन्तुष्टि ब्यक्त गरेका छन् । विधागत समावेशी प्रतिनिधित्व नरहेकै कारण प्रतिष्ठानले वास्तविक रुप नपाएको उनको गुनासो थियो ।
नृत्य निर्देशक संघ नेपाल ललितपुर शाखाले नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा बोल्नु हुँदै उनले यस विषयमा ध्यानाकर्षणका लागि सबै नृत्य कलाकार तथानृत्य निर्देशकहरु लाग्नुपर्ने बताएका छन् ।

नेपाल सरकारको तर्फबाट २०७७ सालको सुप्रबल जनसेवा श्री तृतीय पदकवाट विभूषित भएका शाखाका सल्लाहकार नारायणदेवी प्रधानलाई संघको ललितपुर शाखाले बधाई ज्ञापन गर्दै सम्मानपत्र प्रदान गरेकोे थियो ।
कार्यक्रममा प्रमुख अतिथि नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भूवनदास श्रेष्ठले आफूहरुले ४ वर्ष अघि १३ जनाले शुरु गरेको संगठनले उल्लेख्य विस्तार गरेको बताए । नृत्य निर्देशकहरुको हकहितकालागि नीतिगत सम्बोधन गराउन क्रियाशील संघले राष्ट्रिय स्तरमा सरकारको मान्यतामा फागुन ६ गते नृत्य दिवस मनाउन पहल गरिरहेको बताए ।

संघको ललितपुर जिल्लाका अध्यक्ष प्रदिप रमण सिं डंगोल सभापतित्वमा भएको समारोहमा सभापतिसहित प्रमुख अतिथि भूवनदास श्रेष्ठ, शाखाका सल्लाहकार सम्मानित ब्यक्तित्व वरिष्ठ कलाकार नारायणदेवी प्रधान, शाखाका सल्लाहकारहरु वरिष्ठ नृत्य निर्देशक मोहन ब्यञ्जनकार, वरिष्ठ नृत्य निर्देशक गौतम नकर्मी, नेवा पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले संयुक्त रुपमा भित्तेपात्रो सार्वजनिक गरेका थिए ।

कुमारी पार्टी प्यालेस गाबहालमा भएको उक्त कार्यक्रम प्रमुख अतिथि श्रेष्ठले नाट्येश्वरपूजा तथा पानसमा बत्तीबाली शुभारम्भ भएको थियो । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष संजय शर्मा राजोपाध्याय, केन्द्रीय सचिव ज्ञानबहादुर महर्जन, केन्द्रीय प्रवक्ता तथा सदस्य ऋषि केश श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष बुद्ध लामा, भक्तपुर जिल्ला सचिव चूडामणि फूंयाल, सल्लाहकारको तर्फबाट मोहन ब्यन्जनकारले शुभकामना सन्देश दिँदै आफ्नो विचार राखेका थिए । भक्तपुर जिल्ला कोषाध्यक्ष प्रदिप श्रेष्ठ, सदस्य समिर शंखदेव प्रजापति तथा ललितपुर जिल्ला सदस्यहरूको सहभागिता रहेको उक्त कार्यक्रममा शाखाका सहसचिव सुरेन्द्र देसारले स्वागत मन्तव्य राखेका थिए । भित्तेपात्रो प्रकाशनमा महत्वपूर्ण योगदान गरेकाले सहसचिव देसारलाई सम्मान पनि गरिएको थियो ।

उक्त समारोहमा कार्य कारिणी समितिमा प्रवेश गरेका रचना महर्जन,आजीवन सदस्य, साधारण सदस्यहरूलाई पनि प्रमाण पत्रतथा परिचयपत्र प्रदान गर्दै स्वागत गरिएको थियो ।

शाखाका सचिव मिनर्वा शर्मा राजोपाध्यायले संचालन गरेका कार्यक्रममा महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै कुमारी पार्टी प्यालेसलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  २ : ५२ बजे