१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरमा १८१ सहित नेपालमा थप २३५१ जनामा कारोना संक्रमण




८ वैशाख ०७७, काठमाडौं । ललितपुरमा १ सय ८१ सहित नेपालमा थप दुई हजार तीन सय ५१ जना कोेरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आठ हजार आठ सय ४४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको जानकारी दिए।

उनका अनुसार काठमाडौं उपत्यकामा एक हजार ५१ जनामा नयाँ संक्रमण पुष्टी भएको छ। जसअनुसार काठमाडौंमा ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ जना संक्रमित थपिएका छन्। उनका अनुसार देशभर एक सय ८० जना आइसीयुमा छन्। संक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ छन्। दुई सय ८७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ५ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।