७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अग्रगामी शक्ति एकताबद्ध हुनपर्छः प्रचण्ड




९ वैशाख ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् । लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज जारी गरेका शुभकामना सन्देशमा उनले देशको आर्थिक विकास र संविधानको रक्षाका लागि प्रतिगमनविरोधी शक्ति एकजुट हुनुपर्ने बताए ।

कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसङ्घर्षले विभिन्न समयमा पार्टीभित्रका विकृति, विसङ्गतिलाई सङ्घर्षको माध्यमबाट किनारा लगाउने गरेको तथा नेपाल कम्युनिष्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिविरुद्ध लड्दै र खारिँदै सिङ्गो राष्ट्रलाई समाजवादका लक्ष्यमा लामबद्ध गराउन सफल भएको उनले सन्देशमा उल्लेख गरे ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १ : ३९ बजे