१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गण्डकीमा मन्त्रिपरिषद् विस्तार, खेलकुदमन्त्री बने दीपक मनाङ्गे




१६ वैशाख ०७८, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
गुरुङले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् । मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको हो ।
मनाङ्गे मनाङबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका थिए ।
प्रदेशमा यसअघि युवा तथा खेलकुद मन्त्रालय थिएन । तर मनाङ्गेलाई मन्त्री बनाएसँगै सामाजिक विकास मन्त्रालय फुटाएर नयाँ मन्त्रालयका रुपमा युवा तथा खेलकुद बनाइएको छ ।

माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि रिक्त भएको आन्तरिक मामिला तथा कानून, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई दिइएको छ भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री गुरुङ आफैंले राखेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ६ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।