४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


इजरायलमा धार्मिक कार्यक्रममा भागदौडका क्रममा ३८ काे मृत्यु




एजेन्सी । इजरायलमा एक धार्मिक कार्यक्रममा भागदौडका क्रममा दर्जनौँ मानिसको मृत्यु भएको छ।

हासिडिक यहुदी पर्व मनाउने क्रममा भेला भएका मानिसहरुबीच भागदौड मच्चिँदा कम्तीमा ३८ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए। भागदौडमा परी सयौँ मानिसहरु घाइते भएका छन्।

आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन्। तर धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरुले बताएका छन्।

हरेक वर्ष मनाइँने उक्त पर्व कोरोना भाइरसको महामारीका कारण अघिल्लो वर्ष रोकिएको थियो। यसपालिको कार्यक्रममा एक लाखभन्दा बढी मानिस सहभागी भएका थिए। नाचगान चलिरहेका बेला एक्कासी भागदौड मच्चिएको हो। भागदौडको कारण खुलेको छैन।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ११ : २८ बजे