११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आफ्नै हजुरआमालाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ




२५ वैशाख ०७८, मकवानपुर । आफ्नै हजुरआमा अन्दाजी ९० वर्षीया कान्छीमाया गुरुङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका १७ दियालो दमार बस्ने २२ वर्षीय आकाश गुरुङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
आकाशले आफ्नै हजुरआमालाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगर र अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते कान्छीमायाको जिल्ला अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ८ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।