२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एसइइ र कक्षा १२ को निर्धारित परीक्षा तत्कालका लागि स्थगित



२७ वैशाख ०७८, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को निर्धारित परीक्षा तत्कालका लागि स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार परीक्षा तत्कालका लागि स्थगित गरि मूल्यांकनको विकल्प र मोडालिटीबारे छलफल गर्ने निर्णय गरेको हो।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले तत्कालका लागि परीक्षा स्थगित गर्ने निर्णय भएको बताए । अर्को सूचना नआएसम्म निर्धारित परीक्षा रोकिएको हो। मूल्यांकनको विकल्प र विधिबारे अब छलफल हुनेछ।

एसइइ परीक्षा आउँदो जेठ १३ गतेदेखि तथा कक्षा १२ को परीक्षा जेठ २६ देखि सञ्चालन गर्ने तयारी थियो। तर बोर्डको निर्णयसँगै अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित भएको हो।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ११ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।