८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


कोरोनासंग कसरी लड्दैछ ललितपुर ?




ललितपुर खबर
३१ वैशाख ०७८, ललितपुर । कोरोना माहामारीका कारण राजधानीसँगै ललितपुर पनि अस्तव्यस्त छ । दैनिक ५ सय भन्दै धेरै कोरोना संक्रमित फेला परेको यस जिल्लामा ६ वटै स्थानीय तहमा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । यस जिल्लाको शहरभन्दा दक्षिण ललितपुर क्षेत्र कम संक्रमित फेला परेका छन् । यहाँका जनजीवन कृषिमा आधारित रहेको कारण पनि त्यति प्रभावित छैन ।
ललितपुरको कोरोना संक्रमणको हिसावले अहिले चुनौतीपुर्ण छ । ललितपुरका स्थानीय निकाय कोरोना संक्रमित नियन्त्रणका लागि केही काम गरिरहेपनि पर्याप्त देखिएको छैन ।यहाँको अवस्था हेर्दा कोरोना अघि लागेको देखिन्छ भने स्थानीय निकायहरु पछि छन् ।
महाँकाल गाँउपालिका
महाकाँल गाउपालिकाले गोटिखेल हेल्थ पोष्ट र मानिखेल अस्पतालमा कोरोना परिक्षण गरिरहेको गाँउपालिकाका अध्यक्ष रामचन्द दाहालले बताउछन् । उनी भन्छन्, ‘मानिखेल अस्पताललाई कोरोना अस्पतालको रुपमा रुपान्तरण गरेर काम गर्ने तयारीमा छौं । अक्सिजनको खोजी भइरहेको छ । आइतबारबाट उपचार सुरु गर्छौं ।’अध्यक्ष दाहालका अनुसार दक्षिण ललितपुरको यस गाँउपालिकामा ७० जनामा कोरोना संक्रमण फेला परेको छन् भने २ जनाको मृत्यु समेत भइसकेको छ ।
अहिले १६ वटा शैया क्षमता रहेको यस मानिखेल अस्पताललाई २० वटा शैया बनाउने गाँउपालिकाको तयारी रहेको अध्यक्ष दाहाल बताउछन् । उनका अनुसार अस्पतालसँग अहिले ६ सिलिण्डर अक्सिजन छ ।
कोञ्ज्योसोम गाँउपालिका
कोञ्ज्योसोम गाँउपालिकाले गाँउपालिकाको पुरानो कार्यालय परिसरमा १० बेडको आइसोलेसन निर्माण गरेको छ । यस आइसोलेसन केन्द्रमा ६ वडा अक्सिजन सहितको वेड तयारी हालतमा राखिएको गाँउपालिकाका अध्यक्ष गोपिलाल सिंतान बताउँछन् । अध्यक्ष सिंतान भन्छन्, ‘हामी यसलाई तत्कालै १५ बेडसम्म बनाउने तयारीमा छौं ।’
गाँउपालिकाले कोरोना विरुद्धसँग लड्न अध्यक्ष सिंतानको संयोजकत्वमा सर्वपक्षिय सर्वदलीय कोरोना नियन्त्रण व्यवस्थापन समिती समिती गठन गरेको छ ।
अहिलेसम्म गाँउपालिकामा ७ जना कोरोना संक्रमित फेला परेका छन् । गाँउपालिकामा कोरोना परिक्षण सुरु भइसकेको फेला परेका कोरोना संक्रमितको व्यवस्थित उपचार गर्ने गोजना गाँउपालिकाले बनाएको अध्यक्ष सिंतान बताउछन् ।
वागमती गाँउपालिका
वागमती गाँउपालिकामा अध्यक्ष विरबहादुर लोप्चन ललितपुरको प्युटारमा नवनिर्मित थाङसिङटार अस्पताललाई २० बेडको कोरोना अस्पतालका रुपमा शनिबारबाट सुरु गर्ने तयारी रहेको बताउछन् । गाँउपालिकाभित्र गिम्दी भट्टेडाँडा र माल्टाका १÷१ जनालाई कोरोना संक्रमण भएको जानकारी पाएको उनले बताए ।
उनले भने,‘गाँउपालिकामा केही स्थानीयबासिन्दा विरामी परेको भन्ने सुनेका छौं । हामी यहाँ नै कोरोना परिक्षण गर्ने तयारीमा छौं ।’
गोदावरी नगरपालिका
गोदावरी नगरपालिकास्थित बज्रवााही चापागाँउ अस्पतालमा २० बेड हाइ डिफेन्सी वार्ड संचालनमा रहेको छ । गाँउपालिकाले एक पार्टी प्यालेसमा ५० बेडको आइसोसेसन समेत बनाएको छ ।
नगपालिकाका मेयर गजेन्द्र महर्जन अक्सिजनको अभावमा कोरोना संक्रमितहलाई फर्काउन परिरहेको बताउछन् । भन्छन्, ‘रातभर कुरे २÷४ सिलिण्डर अक्सिजन पाइन्छ । विरामी बचाउन हम्मे हम्मे छ ।’
अहिले बज्रबाराही चापागाँउ अस्पतालमा १४ जना र पार्टी प्यालेसमा ४ जना संक्रमित उपचाररत रहेको नगरपालिकाका प्रमुख महर्जनले बताए ।
महालक्ष्मी नगरपालिका
महालक्ष्मी नगपालिकाले टिकाथलीस्थित केयर एण्ड क्युर स्पेसिलिष्ट अस्पतालमा २० बेडको अस्पतालमा हाइ कियर आइसोलेसन युनिट संचालन गरिरहेको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले बताए । उनले भने, ‘अहिले १० बेडमा विरामीलाई सेवा दिइहेका छौं भने क्षमता अनुसार यसलाई बढाउदै जाने हाम्रो तयारी छ ।’
नगरपालिकाले हेल्थ डेक्स संचालन गरेर नगरपालिकाका नागरिकसँगै नगरपालिकाभन्दा बाहिरका बासिन्दाहरुलाई समेत सेवा दिइरहेको बताए । उनले भने, ‘हामीले मनोपरामर्श समेत दिइरहेका छौं ।’
अहिलेसम्म यस नगरमा ९०१ जना संक्रमित फेला परिसकेको नगरपालिका प्रमुख श्रेष्ठ बताउछन् ।
ललितपुर महानगरपालिका
ललितपुरमा सबैभन्दा धेरै कोरोना संक्रमित महानगरपालिका भेटिएको सवास्थ्य कार्यालय ललितपुररले जनाएको छ ।
ललितपुर महानगरपालिकाले ललितपुरको सुनाकोठीस्थित नेपाली फाउण्डेसन र पाटनस्थित ज्यापु समाजको बृद्धाश्रममा आइसोलेसन बनाएर कोरोना संक्रमितहरुको उपचार भइरहेको महानगरका प्रवक्ता राजु महर्जनले बताए । उनले भने, ‘हामीले फेसबुकमा स्टाटस राखेर जनचेतना जगाएका छौं । महानगरका वेभसाइटबाट घरमा बस्न आग्रह गरेका छौं । माइकिङ गरेका छौं । तर महानगरको वेभ साइट भने कोरोना संक्रमणसम्बन्धि जनचेतनाका सामाग्री राखिएको पाइएन ।’

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ११ : २२ बजे