५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं उपत्यकामा ३१ गतेसम्म निषेधाज्ञा, ९ बजेसम्म पसल खुल्ने




१९जेठ ०७८,काठमाडौं । शुक्तबारदेखि जेठ ३१ गतेसम्म दिन दिनका लागि राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बिने भएको छ । उपत्यकामा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कोरोना संक्रमण यथेष्ट मात्रामा घट्न नसकेको भन्दै निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।
राजधानीमा गएको बैशाख १६ गतेबाट सुरु भएको निषेधाज्ञा यो चौथो पल्ट थपिएको हो ।
संक्रमण घटेसँगै निषेधाज्ञा धेरै खुकुलो हुने सर्वत्र आकलन गरिए पनि केही खुकुलो गरिएको छ । गएको साता संक्रमणको अवस्था उच्च विन्दुमा पुगेपछि किराना पसलहरु समेत खोल्न बन्देज गरि राजधानीमा हिडडुल गर्न समेत कडा चेकजाँच गरिएको थियो । यहाँका उद्योगधन्दाहरु समेत बन्द थिए ।
आँउदो शुक्रबारबाट भने प्रमुख जिल्लाअधिकारीहरुको बैठकले खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको खुल्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरोलाले बताए ।

उनका अनुसार यस पल्टदेखि सार्वजनिक क्षेत्रमा भइरहेका निर्माणको काम समेत खुल्ला गर्ने निर्णय भएको छ । निर्माण सामग्री ओसार पसार गर्न रातको समयमा ढुवानी गर्न पाइने भएको छ ।
बैठक प्रमुख जिल्ला अधिकारीहरु काठमाडौं कालीप्रसाद पराजुली, ललितपुरका ढुण्डीप्रसाद निरौला र भक्तपुरका प्रेम प्रसाद भट्टराई सहभागी भएको बैठले गरेको हो ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  २ : ०५ बजे