५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


५३१६ जना कोरोना संक्रमित थपिए



१९ जेठ ०७८, काठमाडौं । नेपालमा थप  ५३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ५ पिसीआर परीक्षणबाट ४५२४ र ३०७३ एन्टिजेन परीक्षणबाट ७९२ गरि कुल ५ हजार ३ सय १६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।

मन्त्रालयका अनुसार आज थप ७२१९ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना मुक्त हुनेको जम्मा संख्या ४ लाख ६१ हजार ५ सय ६३ जना छन्। यस्तै १ लाख १ हजार ९९३ जना कोरोना संक्रमित उपचाररत छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १०१ जनाको ज्यान गएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७५४६ जना पुगेका छन्।

 

 

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ५ : ५३ बजे