२२ जेठ ०७८, काठमाडौं । नेपालमा थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ११ हजार ४ सय ७१ जनाको पीसीआर र ५ हजार ३ सय ४३ जनाको एन्टीजेन विधिबाट परीक्षण भएको थियो । योसहित अहिलेसम्म नेपालमा पाँच लाख ८५ हजार हजार एक सय जनालाई संक्रमण भएको छ ।
यस्तै यही अवधिमा ८ हजार २ सय ४३ जना निको भएका छन् । आज कोरोना निको हुने दर ८२ दशमलव ८ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ४ लाख ८४ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन् । यस्तै, गएको २४ घण्टामा कोरोनाका कारण ६८ जना संक्रमितको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ ।
प्रतिक्रिया