४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आइतबार ३ हजार ४७९ कोरोना संक्रमित फेला




२३ जेठ, ०७८,काठमाडौं । गएको २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा परिएको परिक्षणपछि ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा जम्मा १० हजार ४७१ पीसीआर परीक्षणबाट ३ हजार ०२४ र ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी जम्मा ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा जम्मा ६ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् । साथै कोरोना संक्रमित ९९ जनाको मृत्यु भएको छ ।

गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७३१, भक्तपुरमा २५४ र ललितपुरमा १४६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ४ : ५३ बजे