३१ जेठ ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साेमबार १४ हजार ८१९ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २०४९ जना र एन्टिजेन विधिबाट ८६९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । भने ५ हजार १४७जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । हालसम्म नेपालमा कोरोना निको हुने दर ८७.८ रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ ।
प्रतिक्रिया