४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुधबार भेटियो २ हजार ८२८ जनामा कोरोना संक्रमण



२ असार ०७८, काठमाडौं । गएको २४ घण्टामा देशभरका २ हजार ८२८ जनामा कोरोना भाइरस संक्रमण भटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६८७ जनाको पीसीआर परिक्षण र ४ हजार ३३५ जनाको एन्टिजेन परिक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा जम्मा १३ हजार २२ जनाको परीक्षण भएको थियो ।
मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यो अवधिभर ३ हजार ८२ जना कोरोना मुक्त भएका छन् भने जम्मा ५२ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या अहिले ६२ हजार ११७ रहेको मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४,३११ जना संस्थागत आइसोलेसनमा छन् ।

 

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ५ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।