४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थपिए २ हजार ६०७ जना कोरोना संक्रमित



३ असार ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४८४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

७ हजार ७११ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७६८ जना र ४ हजार ७७३ जनाको एन्टिजेन विधिबाट परीक्षण ८ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ४० हजार ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १४१ जना कोरोनामुक्त भएको छन् भने ३९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ६ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।