८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरको महालक्ष्मी नगरमा निरन्तर घट्दै कोरोना संक्रमण



महालक्ष्मी नगरमा एक युवतीको कारेरोना परिक्षण गरिदै । लेन्स : महालक्ष्मी नगर

ललितपुर खबर
४ असार ०७८, ललितपुर । ललितपुरको महालक्ष्मी नगरमा दिनानुदिन कोरोना संक्रमण घट्दै गइरहेको पाइएको छ । महालक्ष्मी नगरद्वारा सार्वजनिक गरेको तथ्याङ्क विश्लेषणपछि यस नगरमा कोरोना संक्रमण क्रमशः घट्दै गएको देखिएको हो ।

जेठ ८ गते कोरोना परिक्षणको २६.१९ प्रतिशत कोरोना संक्रमण भेटिएकोमा यो संख्या घट्दै गई असार ३ गते २.२२ प्रतिशत मात्रै कोरोना संक्रमण फेला परेको हो ।
गत वैशाख २६ गते नगरको गम्भिर समुन्द्र सेतु स्कुलमा ८८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोरोना भटिएको थियो ।

भर्खरै सार्वजनिक कोरोना संक्रमणको डाटा ।

पछिल्लो समय नगरपालिकाले असार ३ गते विहीबार नगरको ३ नम्बर वडास्थित बोझेपोखरी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा गरिएको एन्टिजेन टेष्टमा जम्मा ७४ जनाको परीक्षण गरिएकोमा ३ जनाको कोरोना पोजेटिभ आएको हो ।
गत बुधबार नगरको २ नम्बर वडा भगवानस्थान परिसरमा गरिएको एन्टिजेन परिक्षणमा ३.१४ प्रतिशत कोरोना भेटिएको थियो । यहाँ जम्मा ४५ जनाको परीक्षण गरिएकोमा ७ जनाको कोरोना पोजेटिभ आएको हो ।

त्यसअघि जेठ २८ गते नगरको ४ नम्बर वडा कमलपोखरी सामुदायिक भवनमा गरिएको एन्टिजेन एण्डिजेन परिक्षणमा ५.७८ प्रतिशत स्थानीयमा कोरोना भेटिएको थियो । यहाँ १२१ जनाको परीक्षण गरिएकोमा ७ जनाको कोरोना पोजेटिभ भेटिएको हो ।
यस महालक्ष्मी नगरमा गतजेठ २३ गते ११.५९ प्रतिशत, जेठ ८ गते २६.१९ प्रतिशत, वैशाख २१ गते २२.५६ प्रतिशत कोरोना देखिएको नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्क केलाउदा देख्न सकिन्छ ।


नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निरन्तर प्रयासका कारण कोरोना संक्रमण घट्दै गइरहेको बताउछन् । उनी भन्छन्,नगरपालिकाले निरन्तर एण्टिजेन प्रविधिबाट कारोना परिक्षण गरिरहेको छ । कोरोना देखिने संक्रमितहरुलाई आइसोलेसनमा राख्ने र गम्भिर विरामीहरुलाई अस्पतालमा पु¥याई उपचार गराई रहेको कारण घट्दै गइरहेको बताउछन् ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ९ : ०० बजे