४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालमा कोरोनाको नयाँ म्युटेसन भेटियो, सबै उमेरका व्यक्तिलाई असर गर्ने



७ असार ०७८, काठमाडौं । नेपालमा कोभिड-१९ को नयाँ म्युटेसन भेटिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको हाे । यो म्युटेसन अझ संक्रामक र सबै उमेरका व्यक्तिलाई असर गर्ने रहेको बताइएको छ ।

वैशाख २६ देखि जेठ २० गतेसम्म संकलन गरिएका उक्त नमूनाहरु जिनोमिक पहिचानका लागि भारतको द इन्स्टिच्युट अफ जिनोमिक एण्ड इन्टिग्रेटिभ बायोलोजी ल्याबमा पठाइएको थियो । परीक्षण गरिएका नमूनामध्ये ४७ वटामा डेल्टा र एउटामा अल्फा म्युटेसन भएको पाइएको थियो ।

डेल्टा म्युटेसन पहिचान भएकैमध्येबाट ९ वटा नमूनामा ‘के ४१७ एन म्युटेसन’ म्युटेसन पुष्टि भएको हो । मन्त्रालयका अनुसार ‘के ४१७ एन म्युटेसन’ म्युटेसन हालसम्म नेपालसहित १० देशमा भेटिएको छ।

नेपालमा हालसम्म डेल्टा, अल्फा र कप्पा भेरियन्ट पुष्टि भएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  २ : १५ बजे