२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपतिबाट संवैधानिक आयोग र न्याय परिषदमा नियुक्ति



१० असार ०७८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग, लाेक सेवा आयाेग, निर्वाचन आयाेगलगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन् । संवैधानिक परिषद्ले गएकाे हप्ता सिफारिस गरेका पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएकाे हाे ।

गएकाे वैशाख २६ गते बसेको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयाेग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयाेग र मुस्लिम आयाेगमा २० पदाधिकारी सिफारिस गरेकाे थियाे ।

प्रतिनिधि सभा विघटन भएकाले संसदीय सुनुवाइ विना नै २० पदाधिकारीकाे नियुक्ति भएकाे हाे ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ६ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।