१३ असार ०७८, काठमाडौं । नेकपा एमालेले असार १६ गते दसौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । बालुवाटारमा आइतबार बसेको स्थायी कमिटी बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकमा महाधिवेशन आयोजक कमिटीको निर्णयलाई सर्वोच्च अदालतले मान्यता नदिई कर्णालीका चार सांसदलाई पुनर्बहाली गरेको विषयमा समेत छलफल भएको थियो। महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयलाई मान्यता नदिएर अदालतले त्रुटिपूर्ण फैसला गरेका कारण आफूहरू भ्याकेटमा जानुपरेको उनको भनाइ छ । ।
प्रतिक्रिया