४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


२४ घन्टामा २८९२ जना काेराेना संक्रमित थपिए



१६ असार ०७८, काठमाडौं । नेपालमा थप २८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ६८ परीक्षणबाट उक्त संख्यामा संक्रमण फेला परेको हो। मुलुकभरमा ७१८७ वटा पिसीआर परीक्षणबाट १८८९ जनामा संक्रमण पुष्टि भएको छ भने ४३८१ वटा एन्टिजेन परीक्षणबाट १००३ जनामा पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ३५९७ जना संक्रमणमुक्त भएका छन्।  यस्तै ४१ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै हालसम्म ९११२ जनाको मृत्यु भइसकेको छ। हाल ७७ जिल्लामध्ये १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी छ। मुलुकभरमा ३३ हजार ५ सय ६१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएकाे छ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ५ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।