१८ असार ०७८ काठमाडौँ । सत्तारुढ नेकपा एमालेले आफ्ना २३ निवर्तमान सांसदलाई विपक्षी दलका नेता शेरबहादुर देउवाको पक्षमा दिएको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा आफ्ना २३ निवर्तमान सांसदलाई सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएका हुन् । बैठकले हस्ताक्षर फिर्ता गर्न निर्देशन दिने प्रस्ताव पारित गरेको छ ।
राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि आह्वान भएपछि एमालेको माधवकुमार नेपाल समूहका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया