९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेका २३ सांसदलाई देउवा पक्षमा दिएको हस्ताक्षर फिर्ता लिन निर्देशन



१८ असार ०७८ काठमाडौँ  । सत्तारुढ नेकपा एमालेले आफ्ना २३ निवर्तमान सांसदलाई विपक्षी दलका नेता शेरबहादुर देउवाको पक्षमा दिएको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा आफ्ना २३ निवर्तमान सांसदलाई सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएका हुन् । बैठकले हस्ताक्षर फिर्ता गर्न निर्देशन दिने प्रस्ताव पारित गरेको छ ।

राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि आह्वान भएपछि एमालेको माधवकुमार नेपाल समूहका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका थिए ।

 

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ४ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।