४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सोमबार २६२२ कोरोना संक्रमित थपिए



२१ असार ०७८, काठमाडौं । नेपालमा सोमबार २६२२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय २७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ७४९९ जनाको पिसिआर परीक्षणबाट १७४५ जनामा संक्रमण पुष्टि भएको छ भने ४०२८ जनाको एन्टिजेन परीक्षणबाट ८७७ जनामा पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा २२११ जना संक्रमणमुक्त भएका छन्। यस्तै मंगलबार २३ जनाको ज्यान गएको छ। यो सँगै हालसम्म ९२४८ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ६ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।