
२३ असार ०७८, काठमाडौं । नेकपा एमाले प्रवेश गरेका नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन बुझाएका छन् ।
बुधबार दिउँसो आयोगको कार्यालय पुगेर लीलबहादुर थापा सहितका नेताहरुले निवेदन दिएका हुन् । माओवादी केन्द्र छोडेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतका २३ नेता छन । उनीहरु केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले प्रवेश गरेका थिए । माओवादी केन्द्र अवैधानिक रुपमा चलेको, ९ वर्षदेखि महाधिवेशन नगरेको भन्दै दल खारेजी माग गर्दै बुधबार आयोगमा निवेदन दिएका हुन् ।








प्रतिक्रिया