१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जसपा विवाद समाधान गर्न पाँच सदस्यीय इजलास गठन



२३ असार ०७८, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद समाधान गर्न पाँच सदस्यीय इजलास गठन गरेको छ ।
बुधबार बसेको आयोगको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । इजलासले आगामी साउन ३ गते जसपाका दुवै पक्षलाई सुनुवाइका लागि बोलाएको पनि प्रवक्ता श्रेष्ठले बताए ।

राजनीतिक दलसम्बन्धी ऐन अनुसार आयोगले मंगलबार अध्यक्ष महन्थ ठाकुर पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसँग छलफल गरेको थियो । तर ऐनअनुसार दुबै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास असफल भएपछि सुनुवाइ प्रक्रिया थालिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ५ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।