३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपतिद्वारा देउवालाई आजै प्रम नियुक्ति गरिँदै



सभापति शेरबहादुर देउवा ।

२९ असार ०७८, काठमाडौं ।  सर्वोच्च अदालतको आदेशअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री पदमा नियुक्त हुँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीका सूचना तथा सञ्चार विज्ञ सल्लााहकर टिका ढकालले सर्वोच्चको आदेश अनुसार कांग्रेसका सभापति देउवालाई आज प्रधानमन्त्रीमा नियुक्त गर्न लागिएको हो ।
सोमबार सर्वोच्च अदालतले मंगलबार ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही परमादेशअनुसार देउवालाई आज प्रधानमन्त्रीमा नियुक्ति गर्न लागिएको हो । संविधानको धारा ७६ को उपधारा ५ अनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त हुनेछन् । कांग्रेस सभापति देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसक्नुभएको छ भने यो उनको प्रधानमन्त्रीको रुपमा पाँचौ पटक हो ।

 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १२ : ५२ बजे