३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


समसामयिक राजनीतिक विषयमा छलफल



३१ असर ०७८, काठमाडौं ।  मुलुकको पछिल्लो राजनीतिक अवस्था, सङ्घीय संसद्को बैठकलगायतका विषयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताका बीचमा छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि गठबन्धनको बैठक बसेको हो । बैठकमा सहभागी नेताहरुका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । बैठकमा सहभागी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका अनुसार गठबन्धनको भावनाअनुसार अगाडि बढ्नेलगायतका विषयमा आजको छलफल केन्द्रित रहेको थियो ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,जनता समाजवादी पार्टीका अध्यक्ष यादव, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका माधवकुमार समूहका नेता विजय पौडेलको उपस्थिति थियो ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  १० : ३५ बजे