३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ओली सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाइने



फाइल तस्बिर

३ साउन ०७८, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाको आधारमा नियुक्त गरेका विभिन्न देशका ९ जना राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषदले निर्णय गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।ओली सरकारले ११ जना राजदूत नियुक्त गरेको थियो ।
ओली सरकारले परराष्ट्र सेवाबाट सिफारिस गरेका राजदूतहरूमा अस्ट्रियाका लागि निर्मलराज काफ्ले र इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ छन्।

बाँकी नौजना राजनीतिक नियुक्तिअन्तर्गत सिफारिसमा परेका थिए।

फिर्ता बोलाउने निर्णय गरिएका राजदूतहरु :

–दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा

–अस्ट्रेलियाका लागि सुम्नीमा तुलाधर

–बहराइनका लागि युवराज कार्की,

–श्रीलंकाका लागि रमेशचन्द्र पौडेल

–म्यानमारका लागि नारायणप्रसाद संग्रौला

–ब्राजिलका लागि कुलप्रसाद नेपाल

–डेनमार्कका लागि सुमीत्रा सुवेदी

–साउदी अरेबियाका लागि मेराज मुसलमान

–रसियाका लागि जंगबहादुर चौहान

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  २ : ३४ बजे