३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज



फाइल तस्बिर

३ साउन ०७८, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद्को साउन २ मा गरेको सिफारिस अनुसार यो अध्यादेश खारेज भएको हो ।

यसअघि ओली नेतृत्वको सरकारको पालामा जारी भएको यो अध्यादेशको चौतर्फी विरोध हुँदै आएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ३ : ५० बजे