३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोभिड–१९ तेस्रो लहरको पूर्वतयारी गर्न प्रधानमन्त्रीलाई विज्ञको १८ बुँदे सुझाव



६ साउन ०७८, काठमाडौं । कोभिड–१९ महामारी रोकथामका लागि पूर्वतयारी गर्न भन्दै आठजना विज्ञले प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव पत्र बुझाएका छन् ।

सुझावको पहिलो बुँदामा योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छविको स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने सुझाव छ । स्वास्थ्य प्रणालीको क्षमतालाई वृद्धि गर्न समेत उनीहरुले सुझाएका छन् ।

अस्पतालको बेड, एचडीयू, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि उनीहरुले माग प्रस्तुत गरेका छन् । कोभिडको परीक्षण बढाएर, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङमा वृद्धि गर्न पनि सुझाव छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ५ : ५५ बजे