१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन




९ साउन ०७८, काठमाडौं ।  सरकारको निर्णय अनुसार आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरु समेत सञ्चालनमा आएको छ ।
यसअघि स्थानीय प्रशासनबाट आन्तरिकरूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौँ उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो।

तर सरकारको पछिल्लो निर्णयसँगै अब भने स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न पाइने छ। नेपाल सरकार मन्त्रिपरिषदको यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले यातायात व्यवसायीलाई अनुरोध गरेको छ।

काठमाडौँ प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गरी मन्त्रीपरिषद्को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न अनुरोध गरिएको हो।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १२ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।