१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप दुई हजार ३०९ जनामा काेराेना सङ्क्रमण पुष्टि, १६ जनाको मृत्यु



 

९ साउन ०७८, काठमाडौं । नेपालमा शनिबार थप दुई हजार ३०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ६५२ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार २८५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार १९७ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ६९५ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४।५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ५ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।