१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस पदाधिकारी बैठक बस्दै




१२ साउन ०७८,काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बिहान ९ बजे बूढानिलकण्ठमा बस्ने पदाधिकारी बैठक महाधिवेशन केन्द्रित रहनेछ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १४ औं महाधिवेशन तयारीबारे नै बैठक केन्द्रित हुनेछ।

कांग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न सकेको छैन। साउन १२ का लागि तय भएको वडा अधिवेशन पनि स्थगित छ। अब वडा अधिवेशन कहिले गर्ने भन्नेबारे आज छलफलको एजेन्डा छ। यस्तै रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ७ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।