१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वसभामुख महराले उच्च अदालतबाट पाए सफाइ



फाइल तस्बिर

१२ साउन ०७८, काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पनि सफाइ दिएको छ । मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतको फैसलालाई नै सदर गरेको हो ।

पूर्वसभामुख महरामाथि संसद सचिवालयकी एक कर्मचारीले बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका कारण महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो । पीडित महिलाले नै जिल्ला अदालतमा उपस्थित भएर महराले बलात्कार नगरेको बयान दिएकी थिइन् । त्यसपछि जिल्ला अदालतले बलात्कारको दाबीमा प्रमाण नपुग्ने भनी सफाइ दिएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ६ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।