२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बढ्दो कोरोना संक्रमण, एकै दिन ३ हजार ८९९ संक्रमित थपिए



१२ साउन ०७८, काठमाडौँ । नेपालमा मंगलबार थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ७२६ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ८६३ गर्दा ११७३ मा संक्रमण देखिएको छ।

कुल १७ हजार ५१८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप २० जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९७५८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना कोरोनाबाट मुक्त भएका छन्।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ६ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।