२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


टोकियो ओलम्पिकमा आज नेपालकी गौरिका भिड्दै



पौडीमा नेपालबाट सहभागी गौरिका सिंह । फाइल तस्विर

१३ साउन ०७८, काठमाडौं । जापानमा भइरहेका टोकियो ओलम्पिकमा महिला १०० मिटर फ्रिस्टाइल पौडीमा नेपालकी जलपरी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्ने भएकी छिन ।
गौरिकाले खेल आज नेपाली समय अनुसार दिउँसो ३ः४५ बज रहेकोे छ । ओलम्पिकमा पदकको आशा नगरिए पनि गौरिकले आफ्नो खेलमा सुधार गर्ने अपेक्षा छ ।
गौरिकाको ओलम्पिक इन्ट्री टाइमिङ १ मिनेट ००.६२ थियो । नेपालमा भएको आठौं राष्ट्रिय खेलकुदमा उनले २५ मिटरको पुलमा यो अनुपात सुधार गरेर ५९.६० सेकेण्डको घटाएकी थिइन । २०१९ मा नेपालमै भएको १३औं सागमा गौरिकाले ५८.१३ सेकेण्डको सुधार ल्याई कीर्तिमान कायम गएकी थिइन् ।
गौरिको यो लगातार दोस्रो ओलम्पिकमा प्रतिस्पर्धा हो । यसअघि सन २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छी खेलाडीको रुपमा प्रतिश्पर्धा गरेकी थिइन ।

 

 

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ९ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।