१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तीन हजार १०६ मा कोरोना सङ्क्रमण पुष्टि, २३ जनाको निधन



१६ साउन ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार १०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार ५१९ को परीक्षण गर्दा तीन हजार १०६ सङ्क्रमित थपिएको हो ।
यसैगरी आज सङ्क्रमणबाट २३ जनाको निधन भएको छ । आज निधन भएकासँगै नौ हजार ८५७ जना पुगेका छन् । प्रति १० लाखमा ३३२.२ जनाको सङ्क्रमणका कारण निधन भएको छ ।

आज देखिएको सङ्क्रमित सङ्ख्यासहित कूल सङ्क्रमित सात लाख ५६ हजार ७३९ जना पुगेको छ ।
उपत्यकामा ७७५
काठमाडौँ उपत्यकामा ७७५ जना सङ्क्रमित भएका छन् । काठमाडौँमा ५१७, भक्तपुरमा ९४ र ललितपुरमा १६४ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । नेपालमा सङ्क्रमणदर १९.३ प्रतिशत रहेको छ ।
एक हजार ९१६ निको
यस्तै आज एक हजार ९१६ जना पूर्ण स्वास्थ्यलाभ लिई घर फर्किनुभएको छ । आजसँगै स्वास्थ्यलाभ लिई घर फर्केनेको सङ्ख्या छ लाख ५४ हजार १७७ पुगेका छन् । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ पुगेका छन् । मन्त्रालयका अनुसार ती मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की, रुपन्देही र सुर्खेत रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २१ पुगेका छन् ।
सघन उपचारकक्ष (आइसीयू)मा ७०६, भेन्टिलेटरमा १६६, होम आइसोलेशनमा २८ हजार २५४ र संस्थागत आइसोलेशनमा तीन हजार १०१ जना रहेका छन् ।

 

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ५ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।