१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले नेता खनालको सफल मिर्गौला प्रत्यारोषण



थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि वरिष्ठ नेता झलनाथ खनाललाई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भेटेर स्वास्थ्यलाभको कामना गर्दै नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल । तस्वीर सौजन्य ; महासचिव पोखरेलको सचिवालय\रासस

२० साउन ०७८, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको सफलतापूर्वक प्रत्यारोषण गरिएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आज उनको मिर्गौलाको प्रत्यारोषण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
उनका अनुसार नेता खनालको अस्पतालका सर्जन डा सन्दीप गुलरियाको नेतृत्वको टोलीले प्रत्यारोपण गरेको हो । अस्पतालमा नेता खनालको नेफ्रोलोजिष्ट डा अखिल मिश्राको नेतृत्वको चिकित्सकको टोलीले उपचार गरिरहेको छ । ज्वरो नघटेको, पिसाब तथा रगतमा इन्फेक्सन र हेमोग्लोबिनको मात्रा कमी देखिएपछि थप उपचारका लागि पूर्वप्रधानमन्त्री खनाललाई गत असार २ गते नयाँदिल्ली लगिएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ६ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।