२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काेराेना सङ्क्रमण बढ्दाे, तीन हजार ९३८ जना संक्रमित थपिए



२१ साउन ०७८, काठमाडौं । नेपालमा एकै दिन तीन हजार ९३८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १८ हजार ४०८ जनामा परीक्षण गर्दा तीन हजार ९३८ जनामा सङ्क्रमण देखिएको हो । बुधबार चार हजार १०७ जनामा सङ्क्रमण देखिएको थियो ।

उपत्यकामा एक हजार ७५

काठमाडौँ उपत्यकामा एक हजार ७५ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ७६६, भक्तपुर १४६ र ललितपुरमा १६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै सङ्क्रमणबाट निको हुनेको सङ्ख्या विगत २४ घण्टामा दुई हजार १२ जना छ । अहिलेसम्म यो सङ्क्रमणबाट निको हुने छ लाख ६३ हजार ६६३ पुगेका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

यस्तै विगत २४ घण्टामा ३७ जनाको यही सङ्क्रमणका कारण निधन भएको छ । अहिलेसम्म नौ हजार ९९४ जना निको भएको बताइएको छ । सक्रिय सङ्क्रमित ३४ हजार ४२२ जना रहेका छन् भने ३१ हजार १०८ जना होम आइसोलेशन, तीन हजार ३१४ जना संस्थागत आइसोलेशन र ३७५ जना क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयका अनुसार ७१३ जना सघन उपचार कक्ष र १५८ जना भेण्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै विगत २४ घण्टामा एक लाख १७ हजार ७७९ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा खोप ४३ लाख ५९ हजार २७७ जनाले र पूर्ण मात्रा खोप २१ लाख ३० हजार ९०० ले लगाएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ५ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।