४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तुइन प्रकरणप्रति सभामुखको गम्भीर ध्यानाकर्षण   



२६साउन ०७८, काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलाका जयसिंह धामीको तुइन चुँडिएर महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख सापकोटाले तुइन प्रकरणको विषयमा यथार्थ जानकारी दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
यही साउन १५ गते बिहान दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय धामी बेपत्ता भएको घटना सार्वजनिक भएको थियो ।  सरकारले सो घटनाको छानबिनका लागि यही साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । छानबिन टोलीलाई १० दिनको समयसीमा दिइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ३ : ०८ बजे