१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा



लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेल। फाइल तस्बिर।

२७ साउन ०७८, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेश प्रमुखलाई उनकै कार्यालय गएर उनले राजीनामा बुझाएका हुन् ।  आफूविरुद्ध दर्ता भएको अविश्वसाको प्रस्तावमाथि प्रदेशसभामा छलफल सुरु हुनु केही मिनेट अघि उनले राजीनामा दिएका हुन्। बुधबार दिउँसो १ उनी विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान गर्ने कार्यसूचि प्रदेशसभाले निकालेको थियो।

अन्तिम समयसम्म सर्वोच्च अदालतको आदेश कुरेर बसेका पोखरेलले प्रदेशसभा सुरु हुनु केही मिनेट अघि मात्रै प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका हुन्।

बिहान बसेको संसदीय दलको बैठकले १२ः३० बजेसम्म सर्वोच्च अदालतको आदेश कुर्ने निर्णय गरेको थियो।

प्रदेशसभाका एमाले सांसद लिला गिरीले विशेष अधिवेशन र अविश्वास प्रस्ताव रोक्न माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ सर्वोच्चमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ। संसद बैठक सुरु हुने बेलासम्म सर्वोच्चबाट आदेश नआएपछि पोखरेलले राजीनामा बुझाएका हुन्।

उता सर्वोच्चमा गिरीले दायर गरेको रिटको सुनुवाइ भइरहेको छ।

प्रदेशसभामा कायम ८० जना सांसद रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ। तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन्। विपक्षी गठबन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरि ४१ सांसद छन्।

विपक्षी गठवन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिसकेका छन्।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  २ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।